Friday, April 24, 2009

हुन्न पराइको गुलामी

स्वीकार छ मलाई मेरै लासको मलामी
तर हुन्न जीवन लुटाई पराइको गुलामी

फुलाउँदा मोती मैले अरु शिखर चुम्छ
पसिनाको मोल पनि यहाँ शून्य हुन्छ
बरु सही छाप जहाँ फासीको सलामी
तर हुन्न जीवन लुटाई पराइको गुलामी

जति भेट्छु मैले जस्तै आँसु टिपी पिउने
आफैलाई लुटाएर मध्यरातमा जिउने
गर्छन् यहाँ कति आफ्नो मुटुकै लिलामी
तर हुन्न जीवन लुटाई पराइको गुलामी

2 comments:

  1. जुझारु छ
    शिल्प आकर्षक छ
    सुन्दर रुप र सारको संयोजनले शिखर चुमोस् ।

    ReplyDelete
  2. Very nice song. Ilike very much.

    तपाइँको गीतको विचार शिल्प पक्षको सम्मान गर्न चाहन्छु ।
    प्रगतिको लागि शुभकामना

    ReplyDelete